नेपालमा संक्रमित एक लाख २६ हजार नाघे, ८८ हजार बढी डिस्चार्ज


असोज ३०, काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार नाघेको छ भने डिस्चार्ज हुनेको संख्या ८८ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । जसमध्ये ८८ हजार ४० जना डिस्चार्ज भएका छन् भने ७१५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख २६ हजार नाघेको हो । पछिल्लो २४ घण्टामा काठमाडौंमा १७ सय ८४, ललितपुरमा २४४ र भक्तपुरमा ३७४ गरेर उपत्यकामा २४ सय २ जनामा संक्रमण देखिएको छ। लकडाउन खुलेपछि ठूला सहरमा संक्रमण व्यापक बढेको मन्त्रालयले जनाएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३३६ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४६ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ४०८ जना छन्।

शुक्रबार तीन हजार ५२२ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार ४०पुगेको हो । यो कुल संक्रमितको ६९ दशमलव ८ प्रतिशत हो। आइसीयूमा ३१५ र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१५ पुगेको हो।

 

२०७७ आश्विन ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको