काठमाडौं उपत्यकामा थपिए २ हजार ४ सय २ कोरोना संक्रमित


असोज ३०, काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

३० आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको