जापानको नागोयामा मगर संघको अधिवेशन, अध्यक्षमा तिन जनाको उम्मेदवार


लक्षमण घर्ति, जापान/ असोज ३०

नेपाल मगर संघ जापानको क्षेत्रीय समिति तोकाईको अधिवेशन यही अक्टोबर २५ तारिख हुने भएको छ । तोकाई क्षेत्रीय समितिका वर्तमान अध्यक्ष विकास राना मगर ले नेपाल मगर संघ जापानको केन्द्रीय समितिको निर्देशन अनुसार गएको १० तारिख शनिबारका दिन बैठक बसि उक्त अधिवेशन बारे निर्णय गरिएको बताए ।

२०१८ अगस्ट महिनामा समग्र जापानका मगर संघहरुको सामुहिक महाधिवेशन आयोजना गरि नवीन थापा मगरको अध्यक्षतामा जापानको केन्द्रीय समिति गठन भएको भएको र त्यस केन्द्रीय समितिको मातहतमा रहने गरी जापानको विभिन्न क्षेत्रहरुमा गठन गरीएका क्षेत्रीय समितिहरु मध्य तोकाई क्षेत्रीय समिति पनि एक रहेको अध्यक्ष राना मगरले स्पष्ट पारे । उनले थपे – “त्यो भन्दा अघि क्षेत्रीय र केन्द्रीय भन्ने जापानमा थिएन । सबै आ-आफ्नै शुरमा सक्रिय थिए” । आफू तोकाई क्षेत्रिय समितिको प्रथम अध्यक्ष हुन पाएकोमा गर्व लागेको बताउँछन उनी ।

अब हुने दोस्रो अधिवेशनमा अध्यक्षको दाबेदारहरु तिन जना रहेको बताईएको छ । हाल उपाध्यक्ष रहेका जया घर्ती मगर, कोषाध्यक्ष रहेका लोकबहादुर रोका मगर र सल्लाहकारको रुपमा रहेका अविश्यक बुढा मगर गरी तिन जनाले अध्यक्ष भई नेतृत्व गर्न खोजेको कुरा बैठकमा राखेका थिए ।

तर भुपु अध्यक्ष तथा केन्द्रीय समिति र तोकाई क्षेत्रिय समिति दुबैको सल्लाहकार रहेका कौडा बुढा मगर भने सकभर तिन जनालाई सम्झाएर सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भईरहेको बताए । यद्यपि सहमति नजुटेको खण्डमा लोकतान्त्रिक पद्धतिमा भोटिङ सिस्टममा जानुको विकल्प नहुने पनि कौडा बुढा मगरको स्पष्ट्योक्ति छ ।

तोकाई क्षेत्रिय समितिको यो कार्यकाल समग्रमा सफल रहेको र जापानका अन्य क्षेत्रीय समितिहरु भन्दा सक्रिय र चलायमान भई उदाहरणीय काम गरेको भन्दै अन्य सल्लाहकारहरु राम बुढा मगर , लोक बहादुर बुढा मगर, भुवनसिं थापा मगर, लक्ष्मण घर्ती मगर र गंगा घर्ती मगर (भुपु अध्यक्ष तथा वर्तमान विदेश प्रमुख) लगायतले प्रशंसा गरेका छन् ।

३० आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको