नेपाल प्रहरीमा खुल्यो ५ हजार जनाका लागि जागिर [सूचनासहित]


असोज ३०, काठमाडौं । नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि रोजगारी खुलेको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

शुक्रबार प्रकाशित सूचनाअनुासर खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशीअन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछ ।

यसमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

३० आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको