असोज १ गतेदेखि चन्द्रागिरि केवलकार सञ्चालनमा आउने


भदौ ३१, काठमाडौं । विगत ६ महिना देखि बन्द रहेकाे चन्द्रागिरि केवलार सञ्चालनमा अाउने भएकाे छ ।

विगत ६ महिना देखि बन्द रहेकाे चन्द्रागिरि केवलकार भाद्र २९ गते बसेकाे नेपाल सरकारकाे मन्त्री परिषदकाे निर्णयलाई टेकेर सञ्चालन गरिन लागेकाे चन्द्रागिरि हिल्सले जनाएको हाे ।

केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असाेजबाट केही खुकुलो बनाउने निर्णय गरेसंगै अहिले निषेध अादेशबाट बन्द रहेकाे नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर असोज १ गतेदेखि सञ्चालनमा अाउने चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले बताए ।

चन्द्रागिरि हिल्स प्रालिले कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भाेली बिहीबारवाट सञ्चालनमा ल्याउने तयारी गरेका छाैं शाहाले भने ।”

राजधानीमा जारी निषेधाज्ञा र लकडाउन केही खुकुलो भएसँगै अहिले काठमाडाै उपत्यकाभित्रका विभिन्न व्यापार/व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् ।

चन्द्रागिरि केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि तयारी थालिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

चन्द्रागिरि केवलकार सञ्चालन अाए पछि एउटा कारमा ८ जना यात्रा गर्न पाईने छैन भने अब देखि एउटा कारमा सामाजिक दुरी कायम गर्दै चार जना मात्रै यात्रा गर्नु पर्ने कम्पनीको नियम कायम गरेकाे छ ।

महाप्रबन्धक शाहाले भने सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी गराउँदै भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरिएको छ ।

निश्चित क्षमतामा मात्रै भए पनि सरकारकाे यस्तो निर्णयले कोरोनाले संकटको अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सकिने शाहाकाे दावी छ ।

३१ भाद्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको