नेकपाले बोलायो पेरिसडाँडामा सचिवालय बैठक


भदौ ३१ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।

स्रोतका अनुसार शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बस्ने भएको छ। नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो ।

धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको स्रोतले बतायो। यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।

२०७७ भाद्र ३१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको