रोल्पामा ग्लोबल बैंकका कर्मचारीमा कोरोना पुष्टि


साउन ३२, रोल्पा । रोल्पामा ग्लोबल आइएमई बैंकका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत हप्ता मात्रै नेपालगञ्जबाट सरुवा भएर रोल्पा आएका ति कर्मचारीको आज भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। उनीसँगै सरुवा भएर आएका अर्का कर्मचारीको भने नेगेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दि‍ए।

ति कर्मचारीसँगै काम गर्ने बैंकको नेपालगञ्ज शाखाका २२ जना कर्मचारीमा कोरोना देखिएपछि गत बुधबारदेखि लिबाङस्थित ग्लोबल बैंक र सो बैंकको काउन्टर रहेको मालपोत कार्यालय सिल गरिएको छ।

कोरोना पोजेटिभ देखिएका व्यक्तिको सम्पर्कमा आएका १७ जनाको स्वाब संकलन गरी परिक्षणमा पठाइएको छ भने उक्त बैंक र मालपोतका कर्मचारीहरूलाई क्वारेन्टाइनमा राखिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए।

आजै रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिकामा पनि १/१ जनामा कोरोना पुष्टि भएको छ। दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरूको रिपोट पोजेटिभ आएको हो। यससँगै रोल्पामा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ।

३२ श्रावण २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको