साउन ३२, काठमाडौं । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला ९८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारको सुनको मूल्यमा २ सय रूपैयाँले गिरावट हो । शुक्रबार तोलाको ९८ हजार ६००, बिहीबार ९७ हजार ८०० र बुधबार ९५ हजार ४ सय थियो। गत साताको पहिलो दिन आइतबार तोलाको १ लाख २ हजार ६०० सम्म पुगेको थियो।
बिहीबार र शुक्रबार उकालो लागेको चाँदीको भाउ आज भने तोलामा ३० रूपैयाँ घटेको छ । आइतबार चाँदी तोलाको १ हजार ३ सय २५ रूपैयाँ रहेको छ ।
साउन १ गते तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस