एनसेलमा अब मात्र ४३० रुपैयामा १ महिनाको लागि ५० जीबी डेटा


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी तथा एलटीई नेटवर्क भएका देशभरका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाईफाई सिम प्लस’ सेवा ल्याएको छ।

अल्ट्रा वाईफाई सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विशेष सिम कार्ड हो । वाईफाई सेवाका लागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउनेछन् । जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेन्टहरु बन्डल सेवाका रुपमा पाइनेछ ।

ग्राहकले यो योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइसमा राखेर डेटा कनेक्टिभिटी र वाईफाई हटस्पटको रुपमा इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले यो सिमलाई फोरजी डिभाइसमा राखेपछि सबै भन्दा नजिकैको फोरजी टावरसँग कनेक्ट हुन्छ । टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाईफाई सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो सेवाको शूल्क वार्षिक योजना अन्तर्गत कर बाहेक मासिक ४३० रुपैयाँ रहेको छ । ग्राहकले वाईफाई सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डेटा पाउनेछन् ।

यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना पाँच जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टीभी र दामी म्युजिक डिजिटल सेवाहरु सहितका दुई वटा फोरजी सिम समेत पाउने छन् । यस आधारमा कूल मिलाएर यो प्याकेजमा कम्पनीका ग्राहकले मासिक ५० जीबी डेटा प्राप्त गर्न सक्नेछन् ।

इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आवश्यक प्रक्रिया पुर्याई सजिलैसँग यो सिम लिन सक्छन् । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् ।

३२ श्रावण २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको