अमेरिकाबाट तत्काल नेपाल आउनैपर्ने नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना


असार २, काठमाडौं । अमेरिकामा अप्ठ्यारोमा परेका नेपालीलाई लिएर अमेरिकाका चार शहरबाट जहाज आउने भएका छन् ।

नेपाल आउने नागरिकलाई न्यूयोर्क, सिकागो, वासिंटन डिसी र डल्लासबाट चार्टर्ड उडानमार्फत नेपाल ल्याइने वासिङ्टन डिसीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार टर्कीस र कतार एयरवेजले नेपालीलाई बोकेर नेपाल ल्याइने भएको छ ।

दूतावासका अनुसार जुन २३ तारीखमा टर्किस एयरलाइन्सले न्यूयोर्क र कतार एयरवेजेले वासिंटन डिसीबाट नेपालीलाई ल्याउने भएको छ ।

दूतावासले नेपाल फर्कन अनलाइनबाट फारम भरेका नेपालीलाई सम्बन्धित वायुसेवासँग सम्पर्क गरी टिकट लिनसमेत आग्रह गरेको छ । हवाई यात्राका दौरानसबै नेपालीको कोभिड टेस्ट भई नेगेटिभ रिर्पोट आएको हुनुपर्ने शर्त राखिएको छ ।

नेपाल पुगिसकेपछि सरकारले तोकेको अवधिसम्म क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

२०७७ असार २,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको