कोरोनाको प्रकोप : यस्तो छ अमेरिकाको पछिल्लो अवस्था


असार २, काठमाडौं | विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’का कारण विश्व नै त्रसित छ | कोरोना भाइरसको महामारी विश्वका २ सय भन्दा बढी देशमा फैलिसकेको छ भने विश्वका ८१ लाख १८ हजारभन्दा बढी मानिसमा यो भाइरस संक्रमण भइसकेको छ |

कोरोना भाइरसको महामारीबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा हालसम्म संक्रमितको संख्या २१ लाख ८२ हजार ९५० पुगेको छ |
यो समाचार तयार पार्दासम्म यहाँ कोरोनाको महामारीबाट १ लाख १८ हजार २८३ जनाले ज्यान गुमाइसकेका छन् | कुल संक्रमितमध्ये स्वास्थ्योपचारपछि ८ लाख ८९ हजार ८६६ जना निको भएका छन् |

कोरोनाबाट अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ। न्युयोर्कमा ४ लाख ५ हजार १३९ जनामा कोरोना संक्रमण भएको छ | जसमध्ये ३० हजार ९५२ जनाले ज्यान गुमाइसकेका छन् |

त्यस्तै न्युजर्सीमा १२ हजार ७८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार ८०४ जनालाई संक्रमण भएको छ ।

२ असार २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको