दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प


असार २, दोलखा | दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।

आज बिहान ९:५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए ।
उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।

२ असार २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको