संक्रमितसंगै यात्रा गरेकी दाङकी महिलासहित ९ जनाको रिपोर्ट आयो


वैशाख ४, दाङ । बीरगन्जवाट कैलाली पुगेकी कोरोना संक्रमित महिलासंगै यात्रा गरेका दाङकी एकमहिनासहित नौ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

चैत १७ गते बीरगन्जवाट कैलाली पुगेकी एक ६५ बर्षीया संक्रमित महिलासंगै संगै एउटै बसमा यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोल निवासी ६२ बर्षीया एक महिला र उनका परिवारका थप पाँच सदस्य र अन्य तीनजा युवाको रिपोर्ट नेगेटिभ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए ।

तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालको आइसोलेसनमा रहेका उनीहरु सबैको स्वाब संकलन गरि मंगलवार परीक्षणको लागि भैरहवा पठाइएको थियो ।

जसमा विदेशवाट आएका राजपुर गाउँपालिकाका दुई युवा र नवलपरासी जिल्ला घर भइ घोराहीस्थित सगरमाथा सिमेन्टमा कार्यरत एक मजुदर पनि थिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि कोरोना विशेष अस्पतालले सबैलाई डिस्चार्ज गरेको छ ।

४ बैशाख २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको