बैशाख ४, राेल्पा । राेल्पा जिल्लाकाे रून्टिगढी गाउँपालिकाले लकडाउनमा बसेका परिवारलाइ राहत वितरण सुरू गरेकाे छ ।
बिहीबार विहानदेखि एक साताकाे जाेहाे गर्न प्रति परिवार २५ देखि ३० किलाेसम्म चामल वितरण गर्न थालिएकाे हाे।
पहिलाे चरणमा ९० घरधुरीलाइ राहत वितरण गर्न थालिएकाे गाउँपालिकाले जनाएकाे छ । प्रति परिवार सदस्य पाँच वर्षकाे मुनिकाेलाइ २ किलाे ५ सय ग्राम र पाँच वर्ष माथिकाकाे लागि ५ किलाे चामल वितरण गरिएकाे छ।
चामलकाे मात्रा बढी हुन पर्ने माग गरेपछि राहत प्याकेजमा दाल, नुन र तेल भने एक/एक किलाे मात्र समावेश गरिएकाे गाँउपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस