मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भए


बैशाख ४, काठमाडौँ । मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएका छन् ।

सङ्क्रमित एक जना नेपाली निको भएर काममा फर्किएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी छ ।

राजदूत पाण्डेले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गरे ।

मलेसियाले लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई पक्राउ गरिसकेको भन्दै उनले यो समयमा सतर्क रहन र मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न आग्रह गरेका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अहिले भिसा अवधि सकियो के गर्ने भन्ने गुनासा धेरै आएको सन्दर्भमा उनले सबै श्रमिकलाई यो बेला धैर्य गरेर बस्न अग्रह गरे ।

लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा व्यवस्था गर्ने भन्दै नआत्तिन राजदूत पाण्डेले आग्रह गरे ।

४ बैशाख २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको