कोरोना भाइरसबाट भारतमा मृतकको संख्या ४२२ पुग्यो, संक्रमित संख्या कति ?


बैशाख ४, भारत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् । १० हजार ४४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५६० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८२ हजार ३७२ पुगेको छ ।

२०७७ बैशाख ४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको