अमेरिकामा कोरोना भाइरसबाट एकै दिन २ हजार ४ सय ७० जनाको मृत्यु


बैशाख ४, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४८ जार ६७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५०३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८१ हजार ७६३ रहेको छ ।

४ बैशाख २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको