दाङमा खु’कुरी प्र’हार गरेको आरोपमा तीनजना प’क्राउ


चैत ३, दाङ । तुलसीपुरमा खु’कुरी प्र’हार गरेको आरोपमा तीन ब्यक्तिलाई प’क्राउ गरिएको छ ।

आईतबार राति १ बजेतिर टरिगाउँ एयरपोर्ट नजिकै तुलसीपुर ५ नामीनगर टोल निवासी २४ वर्षीय हिरा डाँगीमाथि खु’कुरी प्र’हार गरेको आशंकामा तीनजना ब्यक्तिलाई प’क्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार डाँगीमाथि खु’कुरी प्र’हारको आरोपमा तुलसीपुर-६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, सोही ठाउ निवासी २२ बर्षीय शुसिल बस्नेत र सोही ठाउँका २५ बर्षीय अमिक खड्कालाई प’क्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीका अनुसार घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका वडा नं. १० नयाँगाउँ निवासी कस्मिर टण्डन भने फ’रार रहेका छन् । उनी अन्यत्र भाग्न सक्ने भन्दै सिमानामा पनि कडाई गरिएको योगीले बताए ।

उनी रा ३ प ६३९६ नम्बरको मोटरसईकलमा सवार रहेको समेत उनको भनाई छ । प’क्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान भईरहेको छ ।

उनीहरु विरु’द्ध क’र्तव्य ज्या’न सम्बन्धि मु’द्दा दर्ता गरिएको छ । खु’करी प्रहा’रबाट डाँगीको मृ’त्यु भईसकेको छ । उनको काठमाडौंको हेम्स अस्पताल धुम्वाराहीमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

२०७६ चैत्र ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको