विप्लव नेकपाका केन्द्रीय सदस्य नविन र महिला नेतृ भृकुटी रिहा लगत्तै पुन: पक्राउ


चैत ३, काठमाडौ । अदालतको आदेशमा रिहा भएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नविन बिक हितमान र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले पुन गिरफ्तार गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सोमबार भएको सुनुवाईपछि दुबैजनालाई सर्वाेच्च अदालतले रिहा आदेश दिएको थियो । लगत्तै प्रहरीले गेटबाटै पुनः पक्राउ गरेको हो ।

अदालतको आदेशमा रिहा भएपनि पटक पटक गिरफ्तार परेका उनीहरुलाई रिहा गर्न माग गर्दै उमेश उपाध्यायले दायर गरेको रिटमाथि आज इजलास नम्बर ८ मा भएको सुनुवाईपछि न्यायधिसद्धय प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको संयुक्त इजलासले बिक र उपाध्यायलाई रिहा गर्न आदेश दिएको थियो ।

रिहा भएलगत्तै उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्राउ गरि बेपत्ता पारिएको आफन्तले बताएका छन् । यसअघि पाटन उच्च अदालत, धरान जिल्ला अदालत, कालिकोट जिल्ला अदालतबाट रिहा हुँदै गिरफ्तार हुँदै आएका दुवै जनालाई दैलेख जिल्ला प्रहरीले पुनस् गिरफ्तार गरि अभद्र व्यवहारको मुद्दालगाएको थियो ।

३ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको