कमेडी च्याम्पियन हिमेशले पाएको ड्याटसन गाडीको मूल्य कति ?


चैत ३, काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याटसन रेडी गो १.० एल गाडी हस्तान्तरण गरेको छ ।

पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत १ गते ललितपुर च्यासलस्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याटसन रेडी गो १.० एल गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । ड्याटसन रेडी गो १.० एल नेपाली बजारमा उपलब्ध इन्ट्री लेभलको गाडी हो । यसमा १.० लिटरको इन्टेलिजेन्ट इन्जिन रहेको छ ।

यसमा क्विक कुल एसी, डे टाइम रनिङ लाइट, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, ईएएस अर्थात इनर्जी एब्जर्बिङ स्टेयरिङ र एयरब्याग, सेन्ट्रल लकिङ सिष्टम र रिमोट कि आदि सुविधा उपलब्ध छन् ।

हाल ड्याटसनको यो गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ ।

 

यो पनि पढ्नुस 

खबपु ! ‘काठमाण्डौ जित्ने तिम्रो सपना दुस्साहसपूर्ण थियो’

केवी गुरुङ । पछिल्लो समय नेपालमा हुने रियालिटी शो’हरूको चर्चा निकै छ । जुन शोहरूले भबिष्य खोज्न सडकमा भौतारिदै गरेका बेरोजगार युवाहरुको जीवनका रंगिन आशाहरु हावामा फुरुरु उडाई रहेका छन् भने, आर्कोतिर रियालिटी शो संचालकका ‘रंगिन सपनाहरु’ रियालिटीमा साकार हुँदैछन् ।

उसो त देश हाँक्ने बाहुबली नेतृत्व खोज्ने दुस्साहस पनि ‘रियालिटी शो’बाटै गरिदैछ । यस्तै शोहरुले प्रतिभाहरुलाई मारेर व्यापारमा लिप्त भएका छन् ।

यसको संकेत के हो भने, रियालिटीको नाममा कर्मले फुल्ने राष्ट्रलाई, दिग्भ्रमित दिवास्वप्नाहरुले राष्ट्र फुलाउने कु-चेष्टा यो देशमा हुँदैछ । खासमा कर्मले देश फुल्छ र फल्छ भन्ने रियालिटी कुल्चिदै छन् ।

भावनाको व्यापार गर्ने भारतीय नौटंकी बजारको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । त्यसकारण नेपालमा पनि कर्म भन्दा इमोसनको ब्यापार र पैसाको प्रतिस्पर्धा गर्ने ‘रियालिटी शो’हरु फस्टाउदै गएका छन् ।

भारतमा १० प्रतिशत सिमित मानिसहरुले सिंगो ९० प्रतिशतलाई भविष्य निर्माणको दिवास्वप्ना देखाएर लुट्नुसम्म लुटेका छन् ।भारतीयहरु आँशुको व्यापार गरेर अकुत व्यक्तिगत सम्पतिको मालिक बनेका छन् । संसारमा कर्म गरेर राष्ट्र फुलाउने कैयन देशहरु छन् तर भारत यस्तो देश हो, जँहा ड्रामा बाज र नौटंकीहरुले दुनियाँ भुलाएर लुट्ने मानिसहरु बस्छन । तिनै मानिसहरु जादु-टुनामुनाको नाममा हाम्रो शहरभरी घुमिरहेका छन् ।

अर्को फ्याक्ट बिषय केहो भने, भारतीय रियालिटी ‘शो’बाट आएका प्रतिभाहरुले पनि उधुम मच्चाएको देखिदैन ।

यसरि इमोसनल व्यापारबाट खरिद गरिएको प्रतिभा एकदिन भन्दा दुई दिन टिकेको छैन । नेपालमा हुने यसअघिका रियालिटी ‘शो’हरुबाट उत्खनन गरिएका प्रतिभाहरुले प्रष्टै पारिसके । को कसले प्रष्ट पारे अब नाम कारेर व्यर्थैमा चित्त किन दुखाई रहनु ।

यतिखेर कमेडी च्याम्पियन विवादमा उभिएको छ । यसैको सेरोफेरोमा रहेर रियालिटी ‘शो’को ‘रियालिटी’ बारे मन्थन गर्न मन लाग्यो ।यद्यपि यो मन्थनहरु मनोगत पनि हुनसक्छन् ।

यहाँ विवादमा उफ्रनेहरु आग्रह पुर्बाह्ग्रह सोंचमा बुर्कुसी मार्न सक्छन । आफुले मन पराएको प्रतिस्पर्धीले हारेको रिसमा अभिव्यक्ति दिनसक्छन । क्षेत्रीय भेगीय वा जातीय आधारमा असन्तुष्टिहरु जन्मिन सक्छन । तर आम मानिसहरुले विधुतीय भित्तोहरुमा संचार गर्ने अभिव्यक्ति र ‘कमेडी शो’को विधि प्रक्रियाले जन्माएका असन्तुष्टिका आकारहरु फराकिलो बन्दा यसले गंम्भिर सामाजिक प्रभाव पार्न सक्छ । त्यसैले यस्ता रियालिटी शो’हरुको समीक्षा गर्न जरुरी छ ।

काठमान्डौलाई जित्ने खबपुको दुस्साहस

कमेडी च्याम्पियन प्रतिभाहरुका लागि एउटा राम्रो प्ल्याटफर्म हो तर यसको भोट गर्ने प्रणाली विभेद पूर्ण थियो । यो सिस्टम शहरमा बस्ने मानिसहरुका लागि उपयोगी थियो । अझैपनि राम्रोसंग फोनलाईन पुग्न नसकेको गाउँका कुनाकन्दरामा इ-सेवा पुग्ने कुरा आकाशको फल सरह हो ।

इन्टरनेटको सुबिधा नपुगेको ठाउँमा इ-सेवा कसरी पुग्नु ? उक्त एप्स उपलब्ध भएर पनि प्रयोग गर्न नजान्ने थुप्रै मानिसहरु यो शहरमा छन् । त्यसकारण भोटिंगमा अन्य कुनै सेकेण्डरी अप्सन नराखेर इ-सेवालाई मात्रै जिम्मा दिनु, विकटका मानिसहरुलाई भोटिंगमा लकअफ गरेको छ, यो प्रक्रिया प्रतिभाहरुलाई विभेद गर्नु हो ।

त्यसैले रोल्पाबाट प्रतिनिधित्व गरेका खबपुले काठमान्डौलाई जित्ने ठुलो दुस्साहस गरेका हुन् । उनको यो दुस्साहसलाई सलाम गर्नै पर्छ । उनि बस्ने गाउँमा इ-सेवा कुन चरीको नाम हो थाहा छैन । शहरमा उनलाई कसैले चिन्दैन । उनीसंगको प्रतिभालाई इ-सेवा सिस्लेटमले ब्लक गरिदियो ।

सिस्टम नै भ्रष्ट देखियो । एकजना व्यक्तिले इ-सेवाबाट असिमित भोटहरु हाल्न सकिन्छ । पैसा हुनेहरुले सिंगै यी इ-सेवा खरिद गरेर बुकिङ गर्न सक्छन । आयोजकहरु त्यसरी हुने भोटिंगलाई मान्यता दिंदा हुँदा ठुलो धनराशीमा चलखेल हुन्छ । पैसा दिएर चलखेल गर्न सकिने मार्गहरु इ-सेवाले खुलस्त गरिदियो । त्यसैले फेयर भोटिंगबाट जितेको भनेर दावा गर्न सकिदैन ।

यदि भोटिंगलाई पारदर्शीता बनाउने हो भने एकजना व्यक्तिले एकवटा मात्रै भोट हाल्ने ब्यबस्था गराउनु पर्थ्यो । त्यसैले फेयर भोटका लागि इ-सेवा जस्ता एप्सहरुसंग कमेडी च्याम्पियनले साझेदार गर्नु प्राविधिक फल्ट भएकै हो ।

यस्ता शोहरु निर्माण गर्दा गाउँ र शहरमा बस्ने मानिसहरुलाई दोस्रो अप्सन सहित प्रक्रियामा विभेद नहुनेगरी फेयर भोटिंगलाई ध्यान नदिने हो भने प्रतिभाहरुलाई मार्ने कार्य हुनेछ । यस्ता शोहरुबाट उत्पादित प्रतिभाहरु दीर्घजीवी र कामयावी हुदैनन् ।

***

यो पनि पढ्नुहोस

को हुन् खबपु ?

जिबन संघर्षका वास्तविक भोगाईहरुलाई कमेडीमार्फत उजागर गर्दै खबपुले जगत हसाए । निराशाको खाडलमा डुबुल्की मारीरहेका नेपाली नागरिकहरुलाई हसाउन खबपुका तिता अतितहरु यतिबेला कमेडी च्याम्पिएनमा मसला बनिरहे ।

उनले पस्किने अर्गानिक प्रस्तुतिहरु प्राय आफ्नै जीवनका यथार्थ भोगाईहरु हुन ।

रोल्पा जिल्ला सुन्छहारी गाउँपालिका -७ जेल्बाङ खिबाङमा हो खडग बहादुर पुनको घर । आमा खिन्ताश्री पुनको कोखबाट २०४७ साल माघ ४ गते उन्को जन्म भयो ।

एकवर्ष नपुग्दै बाबा सौतेनी आमा लिएर कालापार हिडेपछि आमा एकलै भईन । आम खिन्ताश्री पुन मगरले छोरा खडग बहादुर पुनको मुख हेरेर एकलै गोठमा धेरै वर्षहरु बिताइन । आमाले खडकलाई काखीमा च्यापेर भेडी गोठमा कैयौ रातहरु एक्लै गुजारिइन ।

सायद, बाबासँग बाध्यात्मक परिवन्ध थियो होला, अनारी अवस्थामै छोडेर हिंडेका बा’सँग खडग को ११ बर्षपछी भेट भयो ।

जन्मदिने आमाको सहारामा उनले गाउँ नजिकै रहेको राष्ट्रिय प्रावि ल्याबाङमा ३ कक्षासम्म पढे । ४ कक्षा देखि ७ सम्म रोलबाङ निमाविमा अध्यन गरे, हाल उक्त बिद्यालय उच्च माबि भएको छ । स्कुल पुग्न घरदेखि २ घण्टा लाग्थ्यो ।

७ कक्षा पास गरेपछि खडग बहादुर सुलिचौर झरे । सुलिचौर रोल्पाको व्यापारिक केन्द्र मानिन्छ, त्यतिखेर उन्को घरदेखी बिहानै हिंडेपछी साँझ सुलिचौर पुगिन्थ्यो । उनि सुलिचौर झर्दा त्यति राम्रो नेपाली भाषा बोल्न जान्दैन्थे ।

स्मरणहोस्, उनकी आमा अहिले पनि नेपाली भाषा बुझ्न र बोल्न जान्दैनन् । शुद्द खामभाषा मात्रै आउछ।

सुलिचौरको बसाई आफ्नै खुट्टामा उभिनु थियो । त्यहाँ उनले मुस्किलले साहुको घरमा काम पाएर, कामगर्दै पढे । धागो, भांग्रो खरिद बिक्रि गर्ने एकजना उवाका टेक बहादुर साहु थिए, त्यसैगरी घुस्बाङ्गे लाहुरे र जलजला गेष्ट हाउसमा समेत काम गरे ।

उनले खोलाको बगरमा ३०/४० वटा बंगुर हेर्नु पर्थ्यो । बिहान होटेल-होटेलमा पुगेर रक्सि पारेको फाँदे र बचेको खाना जुठो-पुरो जम्मागरेर सुँगुरलाई चारो जुटाइ दिन्थे र मिझिङको उकालो लाग्थे । मिझिङमा रहेको स्कुल पुग्न एक घण्टा लाग्थ्यो ।

अहिले घरमा एउटा भाई छन्, दुई बहिनीहरु छन्, उनीहरु सबै गाउँमै पढ्दै छन् । खबपुले उनीहरुको पनि रेखदेख गरिरहेका छन् । बाबाआमा पनि सँगै छन ।

आफ्ना साथीभाईहरु लाहुरे हुन लाम लागेपछि उनि पनि लहलहैमा लाउरे हुन् नेपालगंज पुगे । इण्डियन लाहुरे हुन ५.२ फिट उचाइ हुनुपर्छ भन्ने कुरा खबपूलाई थाहा थिएन । उनलाई नेपालगंजबाटै उचाइ नपुगेको भन्दै गल्लाले फर्काइ दियो, त्यस्पछी उनी जिल्लिएर फर्किए ।

उनको होचो र सानो कद हुँदा हेपाई धेरै भोगे । सानो मान्छे भनेर उनलाई जागिर मिलेन । प्लस टु पढ्दा समेत उनले घरायसी कामबाहेक अन्य अफिसियल जागिर पाएनन ।

जागिरका लागि सबै प्रक्रियामा पास भएर पनि अन्तिममा आफु होचो हुनुको कारण जागिर नपाएको तितो अनुभव छ उनीसंग । गरिबी निवारण संस्थामा सामाजिक परिचालकको जागिर खुलेको थियो । त्यहाँ जागिरका लागि शैक्षिक योग्यता देखी अन्तर्वार्तामा समेत पास गरे, तर अन्तिममा यो मान्छे सानो छ, फिल्डमा काम गर्न सक्दैन भनेर फर्काइदिए । उमेरको हदबन्दीले नभई शरीरको स्ट्रक्चरको कारण उनले जब पाएनन ।

पछि उनले जिविससंग जोडिएर करिब एकबर्ष काम गरे तर कलाकारिताकै कारण जबबाट हातधुन पुगे । खासगरी सानै देखि कलाकारिता तिर उनको रुचि थियो । बाँच्नकै लागि जागिरमा जोडिनुपर्ने बाध्यता थियो । जब उनले जिविसमा काम गर्थे त्यतिबेला एलडियोले उनलाई हकारे । ७१ सालतिर लिबाङ टुडिखेलमा एलडियो प्रमुख अतिथि भएको कार्यक्रममा खबपूले कल्चर डान्स प्रस्तुत गरे ।

भोलिपल्ट बिहान अफिसमा पुग्नासाथ एलडियो हिरालाल रेग्मीले थर्काएपछि उनले जागिरबाट राजिनामा दिए । त्यसपछि उनले ऋणधाम गरेर लिबाङबजारमै ‘सम्झौता पुस्तक तथा संगीत घर’ संचालनमा ल्याए ।

पत्रमित्रताले जोडेको बैबाहिक जिबन

पत्रमित्रताको समय हराएको धेरै भएको छैन । पढ्ने बेलामा पत्रमित्रताको लहर चलेको थियो । त्यतिबेला उन्को हातमा मोबाइल पनि थिएन । प्युठानमा एउटा कमर्सियल एफएम ‘रेडियो माण्डपी’ भन्ने खुलेको थियो । माण्डपी एफएमबाट एउटा ‘हेलो साथी’ कार्यक्रम प्रसारण हुन्थ्यो । उक्त कार्यक्रममा प्युठान संगैका छिमेकी जिल्ला, अर्घाखाँची, दाङ्ग, रोल्पा प्युठानका युवा युवतीहरुले हेलो साथीमा पत्र पठाउथे ।

त्यतिबेला पत्रमित्रतामा खडग बहादुरलाई खासै चासो थिएन । उनको बच्चै देखिको साथि बिष्णु सन्यासीले (उन्ले कबिता, गित, गजलहरु लेख्छन), हेलो साथी कार्यक्रमबाट ५ जना केटी साथीहरुको नाम टिपेर ल्याए छन् । त्यस मध्यबाट दुई जनाको नाम खडकलाई दिए र ३ जनाको नाममा सन्यासीले पत्र पठाए ।

बिष्णु सन्यासीको हात्ते लेखन अक्षर त्यति राम्रो थिएन । खडक बहादुरको लेखन राम्रो थियो । सन्यासीको शब्द छनौट र शैली सारै राम्रो थियो, साहित्यिक र भावमय थियो । यसरि शैली मिलाएर लेख्न खडगलाइ उति सारो आउदैनथ्यो । त्यसैले पत्र लेखनको निर्देशन सन्यासीले गर्थे र खडकले ह्याण्ड राईटिङ्ग गरेर, पाँच वटा पत्र तयारि पारि एकैसाथ पठाएका थिए ।

जसमध्यबाट खडग बहादुर पुनलाई अर्घाखाँची गोखुङ्गा, सेपानी गाउँकि दिल्माया पुनको रिप्लाई आयो । त्यसपछि उनीहरु बीच पत्रमित्रताले निरन्तरता पायो ।

प्युठानको बिजुवारमा एउटा महोत्सव हुने भएपछी दिपाले निमन्त्रणा गरिन । त्यतिखेर दिल्मायाले महोत्सबमा लोकदोहोरी प्रतियोगितामा भाग लिएकी थिइन् । खडग र दिल्मायाको पहिलो पटक भेट त्यही भयो । खबपु चंचलको नजरमा दिल्माया पुन निकै सुन्दरी लागिन । सायद खडग पनि दिल्मायाको नजरमा परे ।

त्यसरी उनीहरुको पत्रमित्रताको साइनोलाई बिकसित प्रबिधीले अझै नजिक बनाउदै गयो । फोन, फेसबुक, भाइबरमा उनीहरुको मित्रता झाङ्गिदै गयो ।

७२ सालको बैशाख १२ गते देशमा महा भुकुम्प गयो । भुकम्प गएको ५ दिन पछि १७ गते खडग र दिल्मायाको बैबाहिक जिबनमा बाँधीए ।

२०७६ चैत्र ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको