दाङमा खु’कुरी प्रहा’रबाट घाइते भएका डाँगीको उपचारका क्रममा मृ’त्यु


चैत ३, दाङ । दाङको तुलसीपुरमा खु’कुरी प्र’हार’बाट गम्भिर घाईते भएका डाँगीको उपचारका क्रममा मृ’त्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौरामा सोही ठाउँका अनुप बस्नेतले तरबार प्रहार गरेका थिए । डाँगी र बस्नेत बिच पहिल्यैदेखि रिसिबी थियोे । डाँगी बस्नेतलाई कुट्न भनेर उनको घर बाहिर पुगेका थिए ।

बस्नेत घर बाहिर निस्केपछि दुइ समुह बिच झड प भएको थियोे । झपडकै क्रममा बस्नेतले डाँगीलाई तरबार प्रहार गरि गम्भीर घाइते बनाएका थिए । उनलाई दाङ र नेपालगन्ज उप चार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौ लगिएको थियोे । उनको काठमाडौं स्थित हेम्स हस्पिटलमा उपचारका क्रममा मृ त्यु भएको हो ।

मृ’त’क डाँगी फूटवल खेलाडी तथा नेविसंघका नेता समेत रहेका थिए ।उनी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन ।

ईप्र का तुलसीपुरका प्रमुख डिएसपी हरिहर नाथ योगीले ह त्या मा संलग्न बस्नेत फरार रहेको र उनको खोजी भइरहेको जानकारी दिनुभएको छ । घटनास्थल प्रदेश सांसद विमला वलीको घर नजिकै पर्छ भने घटनास्थलको करिब ३ सय मिटरको दुरीमा टरीगाउँ एयरपोर्ट छ । जहा २४ सै घण्टा प्रहरी तैनाथ हुन्छ ।

सांसदका निवास क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले प्रहरीले बिशेश निगरानीमा राखेको हुन्छ । प्रहरीको बिशेश निगरानी रहने ठाउमै झडप हुँदा समेत प्रहरीले घटनामा संलग्नलाई प क्राउ गर्न नसकेको छैन् । यो घटनाले तुलसीपुरमा शान्ति सुरक्षामा प्रश्न उब्जाएको छ ।

३ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको