कामना सेवा विकास बैंकको दुई शाखा प्रदेश १ मा


चैत ३, काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश १ अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका १ स्थित इनरुवा र झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित इँटाभट्टामा शाखा विस्तार गरेको छ ।

इनरुवा शाखाको इनरुवा नगरपालिका १ का प्रमुख राजन मेहता तथा बैंकका सञ्चालक चतुराखर अधिकारी र इँटाभट्टा शाखाको मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा १२२ वटा शाखा तथा ६२ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

३ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको