दाङमा बसवाट झर्ने क्रममा लडेर महिलाको मृत्यु


चैत ३, दाङ । दाङ तुलसीपुरको मलवारमा बसवाट झर्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ बर्षीया सुशीला वलीको बसवाट झर्ने क्रममा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमवार विहान तुलसीपुरवाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्वरको बसमा सवार वली झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा विहान ९ बजेतिर मृत्यु भएको हो । प्रहरीले बसका चालक र रिचालकलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

२०७६ चैत्र ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको