कोरोना आ’तंक: कतारमा सार्वजनिक यातायात बन्द


चैत ३, दाेहा । काेराेना भाइरस (काेभिड- १९)का कारण कतारले सबै सार्वजनिक यातायात सेवाहरू बन्दकाे घाेषणा गरेकाे छ। काेराेना भाइरसकाे संक्रमण देशभर फैलिन नदिन कतारले आइतबार यस्ताे घाेषणा गरेकाे हाे।

कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले संकट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा दिएकाे निर्देशनअनुसार आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्दकाे घोषणा भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरका अनुसार दाेहाका लागि कुनै पनि आगमन उडान बुधवार साँझदेखि १४ दिनका लागि बन्द गरिएकाे छ। याे प्रतिबन्ध दुई हप्तापछि पूनरावलोकन गरिनेछ।

यद्यपि, हवाई कार्गो, ट्रान्जिट उडानहरू र कतारी नागरिकहरूकाे उडानलाई भने अनुमति दिइनेछ। त्यस्ता उडानहरूमा आउनेहरू दुई हप्ताको लागि क्वारन्टाइनमा बस्नुपर्ने छ।

लोल्वा अल खटरले दोहा मेट्रो र कारवा बसहरूसहित सार्वजनिक यातायात गएराति १० बजेदेखि सञ्चालन बन्द भएका बताए।

यसैबीच, कतारले काेराेनाकाे संक्रमणलाई थप फैलिन नदिन झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। यसमा करिब दुई हजार नेपाली कामदार पनि छन्। जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत कामदारलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन।

३ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको