सुनको मूल्य बढ्यो


चैत ३, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतवार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सयले बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

३ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको