युएईमा करण चन्दले हात पारे कास्य पदक


फागुन ४, युएई । जनबरी ३१ तारिख देखी फेब्रुअरी २ सम्म भएको दुबइ फुजैराह अन्तरार्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप ‘जी टु’ आयोजना सम्पन भएको छ । फुजैराह ओपनको ८औं संस्करणले ४३ देशका २००० तेक्वान्दो खेलाडीहरुले भाग लिएका थिए ।

खेलमा १३औं साउथ एसियन गेम २०१९ गोल्डमेडल बिजेता र वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपका खेलाडीहरुले भाग लिएका थिए ।
यसै खेलमा ४३ देश मध्येबाट नेपालको तर्फबाट तेक्वान्दो खेलाडी करण चन्दको सहभागी थियो ।

दुई हजार खेलाडी सहभागी भएकोमा चन्दले ८७+ केजी तर्फ ५ जनालाई पछी पार्दै कास्य पदक हात पार्न सफल भए । चन्दले २०१९ मा युएईमै भएको अन्तराष्ट्रिय खूल्ला ‘चौथो युएई कोरियन फ्रेन्डसिप’मा समेत गोलमेडल हात पारेका थिए । यसै गरी युएईकै फुजेराहमा भएको प्रतियोगितामा दुबइ पुलिस क्लब मार्फत गोलमेडल प्राप्त गरेका थिए ।

फुजैराहका राजकुमार शेख मोहम्मद बिन हमद बिन अल शार्कीको संरक्षणमा भएको यस खेलमा हो । युएई तेक्वान्दो फेडरेशनको सुपरिवेक्षणमा फुजैराह मार्सल आर्ट क्लवले आयोजना गरेको थियो ।

२०७६ फाल्गुन ४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको