सल्यानमा निर्माणाधीन घरको तला भत्किंदा ५ महिला घाइते, दुईको अवस्था गम्भीर


फागुन ४, सल्यान । घर बनाउने क्रममा सल्यानमा घरको तला भत्किदा ५ जना महिला घाइते भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका २ दहखोला रामचनेमा घर बनाउने क्रममा घरको तला भत्किदा आइतबार ५ जना महिला घाइते भएका हुन् ।

घाइते हुनेमा सोही ठाउँका भुमा खड्का, रेउती विक, झुपा विक, कविता बस्नेत र रिता विक रहेको छत्रेश्वरी १ का वडा सदस्य प्रकाश हमालले जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारको लागि दमाचौर स्वास्थ चौकीको एम्बुलेन्सबाट श्रीनगरतर्फ लगिएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । स्थानीय दिल बहादुर विकको निमार्णाधिन घरको तला बनाउने क्रममा तला भत्किएर घटना घटेको हो । गाउँका आमासमुहले घर बनाउने क्रममा समूह भित्रका घरहरु लिपपोत गर्दै आउने गरेका थिए ।

सोही अनुसार आइतबार पनि उनिहरु दोस्रो तलाको भुईमा भित्ता लिप्दै गर्दा तला भत्किएर च्यापिएर घाइते भएका हुन् । तला भत्किदा अन्य धेरै कामदारहरु सामान्य रुपमा घाइते पनि भएका छन् ।

४ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको