फागुन ४, रोल्पा । रोल्पाको माडि गाउँपालीका ४ रिजाबाङको जगंलमा अझै पनी आगोलागी भइरहेको छ ।
शुक्रबार दिउँसो करिव १ बजेबाट रिजाबाङको जगंलदेखी सुरु भएको आगो अहिले सिदश्वरी सामुदायिक बन र खर्सेपाखा सामुदायिक बनमा लाग्दै घोरालेख भन्ने जगंलमा पुगीसको छ ।
माथितिर झन जगंल भएकाले अहिले आगो झन तिब्रगतिमा फैलीएको स्थानीय निम बहादुर डाँगीले जानकरी दिएका छन् । आगलागीबाट अहिलेसम्म माडी गाउँपालीका वडा नं.३ रिजबाङमा एउटा घर समेत जलेको बताइएको छ ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । आगो नियंत्रणमा लिनको लागी त्यहाका सम्पुर्ण स्थानियहरुलाई अपिल समेत गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस