महराको अन्तिम सुनुवाइ जारी


फागुन ४, काठमाडौं । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि ज’बर’ज’स्ती क’रणी प्रयास गरेको आरोपमा पु’र्प’क्षका लागि जे’लमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मु’द्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मु’द्दाको सुनुवाइ भइरहेको छ । अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए ।

सरकारी वकिलको बहस यसअघि नै सकिइसकेकाले अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुन सक्ने श्रेष्ठको भनाई छ ।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलावि’रूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो । उच्चले महिना दिनभित्र उक्त मु’द्दाको अन्तिम टुंगो लगाउन आदेशसमेत दिएको थियो ।

४ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको