अस्ट्रेलियामा २० बर्षीय नेपाली युवतीमाथि छु’रा प्र’हार


फागुन ४, सिड्नी । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छु’रा प्र’हार भएको छ।

स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छु’रा प्र’हार गरेका हुन् । छु’रा प्र’हारबाट उनको कम्मरमुनिको भागमा गहिरो चो’ट लागेको थियो ।

प्र’हरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई सात ओटा टाका लगाइएको र ख’तरामु’क्त अ’वस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ ।

घाइते युवती ख’तरामु’क्त रहे पनि मा’नसिक रूपमा निकै सम’स्यामा परेकी उनकी एक सहपाठीले जानकारी दिइन् ।

ती युवतीकाे घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ । सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छु’रा प्र’हार गरेको युवतीको भनाइलाई उदृत गर्दै उनकी साथीले भनिन् ।

घट’नापश्चात घा’इते यु’वतीको साथीहरूले प्र’हरीलाई खबर गरेका थिए । उनी डेढ वर्ष अघि अस्ट्रेलिया आएकी थिइन्।

४ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको