आइताबार हल्का वर्षाको सम्भावना

फाइल तस्बिर

फागुन ४, काठमाडौँ । देशका अधिकांश स्थानमा आइतबार बिहानैदेखि आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली भएको मौसमविदले बताएका छन् ।

आइतबार दिउँसो देशका पूर्वी, मध्य र पश्चिमी पहाडका केही भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

२०७६ फाल्गुन ४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको