चीनबाट घर फर्किए १ सय ७५ नेपाली [फोटोफिचर]

तस्विर: प्रदीपराज वन्त, रासस

फागुन ४, काठमाडौँ । कोरोनाभाइरसको केन्द्र रहेको चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् ।

हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

दूतावासका अनुसार तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेका थिए भने छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जनामा ज्वरो देखिएको थियो भने दुई जना उनीहरूको परिवारका सदस्य हुन् ।

उनीहरूलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान पुगेको थियो । विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ । जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन् ।

४ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको