दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफाले

फाइल तस्बिर

माघ २, काठमाडौँ । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट बिहीबार साँझ दुई बच्चासहित दम्पती त्रिशुली नदीमा हाम फालेका छन्। प्रहरीका अनुसार महिला मृत फेला परेकी छन् भने दुबै बच्चा बेपत्ता भएका छन् । पुरुष भने सकुशल रहेको जनाएको छ ।

६ महिना र २ वर्षका दुई छोरासहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विनय लामिछाने र उनकी श्रीमती नदीमा हाम फालेका हुन्।

इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी खगेन्द्र खड्काले उद्धार गरिएका विनयको उपचार भइरहेको र बेपत्ताको खोजी भइरहेको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए । नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

२ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको