संसदमा देखिएको गतिरोधको प्रमुख बाधक उपसभामुख: पूर्वमन्त्री गजुरेल

फाइल तस्बिर

माघ २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता गजुरेलले संसदको गतिरोध हटाउनु उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताए ।

उपसभामखले राजीनामा नदिएसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने उनले बताए ।

उपसभामुखले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्ने समेत गजुरेलले बताए । पार्टीका दुवै अध्यक्षले उनलाई राजीनामा दिन आग्रह गरेको बताउँदै राजिनामा नदिने भए पार्टीले सोही अनुसार अगाडी बढ्ने समेत बताए ।

उनले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने बताए । उनले उपसभामुखले राजीनामा नदिँदा सम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत बताए ।

नेता गजुरेलले अहिलेको गत्यावरोधको अवस्था कुनै नौलो कुरा नभएको समेत बताए । उनले पाटीको महाधिवेसन नहुँदा सम्म पावर सेयरिङ हुनैपर्ने समेत बताए ।

२ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको