दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

दुर्गा प्रसाईं

माघ २, काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं पक्राउ पर्ने भएका छन् ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । सोही मुद्दामा पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएलगत्तै प्रसाईलाई पक्राउ गर्न प्रहरी भक्तपुरस्थित उनको निवास पुगेको थियो । तर प्रसाईं भने फरार रहेका प्रहरी श्रोतले जनाएको छ ।

२ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको