भारतका ३६ केन्द्रीय मन्त्री जम्मू–कश्मीर जाँदै


माघ २, काठमाडौँ । भारतको केन्द्र सरकारका ३६ मन्त्रीले यही जनवरी १८ देखि २५ सम्म जम्मू–कश्मीरको भ्रमण गर्ने भएका छन्। उनीहरुले धारा ३७० खारेज गरेपछि त्यहाँ चलाइएका योजना तथा कार्यक्रमबारे सर्वसाधारण जनताका लागि जानकारी दिनेछन्।

विपक्षी दलहरुले सरकारी कदमविरुद्ध प्रचार गरिरहेका बेला आफ्नो पक्षको कुरा राख्न मन्त्रीहरु त्यहाँ जान लागेका हुन्। केन्द्रीय मन्त्रीहरुले कश्मीरबाट धारा ३७० हटाउनु स्थानीयकै हितमा रहेको तर्क राख्नेछन्।

विपक्षीहरुले धारा ३७० खारेज गरेपछि कश्मीरीहरुका जमीन केन्द्र सरकारले लिने र जागिर पनि खोस्नेजस्ता अफवाह फैलाइरहेको केन्द्र सरकारको आशंका छ।

२ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको