दाङमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु

सांकेतिक फाइल तस्बिर

मङ्सिर ३०, दाङ । दाङमा भएका छुट्टाछुट्टै तीन दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ का १७ वर्षीय धिरेन्द्र रोकाको आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।

रोका गएराति साढे ९ बजेतिर मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए।

घर्तीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले बताएको छ। मृतकको साथमा सवारी चालक अनुमति पत्र फेला नपरेको प्रहरीले जनाएको छ।

त्यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ८ मा सडक किनारमा रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकमा रा ३ प १३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनाका घाइते राप्ती गाउँपालिका वडा नं. ७ का २७ वर्षीय अनिल चौधरीको लमहीमा उपचारका क्रममा राति मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।

उनी सोमबार बेलुका ८ बजेतिर दुर्घटनामा परेका थिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।

त्यस्तै, गुडिरहेको ट्रयाक्टरबाट लडेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको हो।

राप्ती गाउँपालिका वडा नं. ६ का २० वर्षीय विपिन चौधरीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए।

आइतबार राति साढे १० बजेतिर लु ३ त १३२६ नम्बरको गुडिरहेको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका थिए।

चौधरी ट्रयाक्टरबाट लडेपछि पछाडिको टायरले उनलाई किचेको थियो। चौधरीको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएपछि चालक र ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

३० मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको