रोल्पामा सवारी दुर्घटनामा परी तीन जना घाईते

सांकेतिक फाइल तस्बिर

मङ्सिर ३०, रोल्पा । रोल्पामा सवारी दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

जिल्लाको सुनिलस्मिृति -४ मिझिङ बाउबाङमा लु२च ६२०१ को गाडी र रा२प ६६१४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किंदा मोटरसाईकलमा सवर दुई जना घाइते भएका हुन् ।

सुनिलस्मिति गाउँपालिका–४ निवासी थमन घर्तीमगर र भारतीय नागरिक लिबाङको सुर्खेति डाडाँमा ग्यारेज व्यवसायी विवेक कुमार गम्भीर घाइते भएको प्रहरीले जानेको छ । घाइतेहरुको प्राथमिकता स्वास्थ्य केन्द्र सुलिचौर प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । तर, सवारी चालक चुमान विष्ट भने फराहार प्रहरीले जानेको छ । गाडी र मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनिलस्मितिगाउँपालिकाकै सुलिचौर इलाका प्रहरी कार्यालय आगाडि लु३त ५२९ नम्बरको ट्याकटरले ठक्कर दिँदा वडा न ४ कि दिविकला महरा घाइते भएकी छिन् । घाइते महराको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । ट्याक्टर चालक चालक राजेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

३० मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको