काठमाडौं उपत्यकामा थपिए १९३५ कोरना संक्रमित


असोज २९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए ।

३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरकामा १०८ गरी उपत्यकामा १९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

२०७७ आश्विन २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको