सल्यानका मिडियाबारे सांसद बस्नेतको टिप्पणी प्रति पत्रकार संगठनहरुको आपत्ति


भाद्र ३०, सल्यान । ‘‘मिडियाले धनीका अपरा’ध दबाउँछन, गरिबका अपरा’ध उचाल्छन’’ भन्ने कार्लमाक्र्सको भनाईलाई सल्यानका मिडिया सँग जोडेर सल्यानबाट निर्वाचित संघिय सांसद, पुर्वमन्त्री तथा नेकपा सल्यानका ईञ्चार्ज टेकबहादुर बस्नेतले सामाजिक संजालमा एउटा विवा’दास्पद टिप्पनी प्रति सल्यानमा क्रियाशील पत्रकार संघ संगठनहरुले आपत्ति जनाएका छन् ।

पत्रकारकाे छाता संगठन नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माले सल्यानकाे इतिहासमा कुनैपनि मिडियाले ठुलाबडाका कमजाेरी नलेख्ने र सानाका मात्रै कमजाेरी लेख्ने भन्नु कुरा गलत रहेकाे बताए ।

उनले पत्रकार सधै आचार संहितामा रहेर समाचार संप्रेसन गर्ने भन्दै विना प्रमाण पत्रकार माथी आराेप नलगाउन आग्रह गरेका छन् । उनले भने, “हामी सधै न्यायकाे पक्षमा तथ्यमा आधारित रहेर सत्य कुरा लेख्छाैं । सल्यानकाे इतिहासमा अहिलेसम्म पत्रकारबाट समाचारकाे लागि कुनै गलत काम भएका छैन्न, विना प्रमाण कुनैपनि व्यक्तीले यसरी आराेप लगाउन पाइदैन् ।”

पत्रकारले गल्ती गरेकाे भए प्रेस काउन्सिल जाउँः प्रेस संगठन

त्यस्तै प्रेस संगठन सल्यानका संयाेजक मिना बुढाथाेकीले कुनैपनि प्रमाण बिना पत्रकारहरुलाइ सामाजिक संजालमा आराेप लगाउन नहुँने बताइन् ।

पत्रकारले कुनै गल्ती गरेकाे भए कार्वाही गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल रहेकाे बताउँदै त्यहाँ उजुरी गर्न सक्ने बताइन । सल्यानकाे हकमा यदि कहीकतै कसैले गल्ती गर्छ भने प्रमाण सहित पत्रकारलाइ जानकारी गराएर सहयाेग गर्न उनले आग्रह समेत गरेकी छन् ।

जिम्मेवार निकायमा बसेकाले विना प्रमाण आराेप लगाउनु आपत्तीजनक छः प्रेस युनियन

त्यसैगरी प्रेस युनियन सल्यानका अध्यक्ष रेशम डिसीले जिम्मेवार निकायमा बसेका मान्छेले विना प्रमाण पत्रकारहरु माथी आराेप लगाउने कार्य आपत्तीजनक भएकाे बताएका छन् ।

यसरी आफ्नाे संगठन भित्रका कुनै पनि पत्रकारले गलत गरेकाे भए प्रमाण दिन उनले सांसद बस्नेतलाइ चुनाैती दिएका छन् । आफ्नाे संगठन भित्रका पत्रकारले केहि गलत गरेकाे भए कारबाही गर्ने तर यसरी आराेप नलगाउन उनले आग्रह गरेका छन् ।

पत्रकारहरु प्रति हेपाह प्रवृति भयो: जनपत्रकार

त्यस्तै जनपत्रकार संगठन सल्यानका सचिव खकेन्द्र केसीले पनि सांसद बस्नेतले पदमा बसेर पत्रकारहरु प्रति हेपाह प्रकृति देखाउने खालकाे टिप्पनी गरेकाे बताएका छन् ।

पत्रकार प्रति कुनै रिसिब साध्नलाइ यसरी सबै पत्रकारलाइ मुछेर सामाजिक संजालमा टिप्पनी गर्ने कार्य सरासर गलत भएकाे उनकाे भनाइ छ । कुनैपनि पत्रकारले आचारसंहिता बाहिर गएर गलत कार्य गरेकाे भए प्रमाण दिन उनले सांसद बस्नेतलाइ आग्रह गरेका छन् ।

 

२०७७ भाद्र ३०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको