भदौ ३०, चितवन । सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो ।
सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए ।
सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस