भदौ ३०, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३७१ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ६७६ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो।
प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ६४० छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्। क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको थियो।
२४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ। मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस