मंगलबार थपिए हालसम्मकै धेरै संक्रमित


भदाै ३०, काठमाडौं । मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ६७६ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्।

क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ। मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

३० भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको