नुवाकोटमा आजपनि थप एक जनामा कोरोना संक्रमण पुष्टि


असार ३१, नुवाकोट । नुवाकोटमा आजपनि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परिक्षणमा नुवाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए | योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३२ पुगेको छ |

आज भेटिएका संक्रमित तादी गाउँपालिकाका २७ वर्षीय पुरुष हुन् |

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको स्वाब परिक्षण गरिएकोमा ११६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३९ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६९७ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । योसँगै ११ हजार २५ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ हजार ५२७ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ११३ जना आइसोलेसनमा रहेका छन् | हाल २६ वटा प्रयोगशालाबाट कोरोना परिक्षण हुँदै आइरहेको छ ।

२०७७ असार ३१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको