महाकवि लक्ष्मीप्रसाद देवकोटाका १२ प्रेरक भनाईहरु


काठमाडौं | लक्ष्मीप्रसाद देवकोटा (जन्म वि. सं. १९६६ (सन् १९०९) र मृत्यु वि. सं. २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्।

काठमाडौंको डिल्लीबजारमा जन्मिएका देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। बिशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्। यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाइहरु उल्लेख गरेका छौं ।

यस्ता छन् लक्ष्मीप्रसाद देवकोटाका प्रेरक भनाईहरु-

१. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

२. कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

३. सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

४. खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

५. सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।

६. घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

७. जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

८. मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।

९. शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

१०. चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

११. जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर

१२. मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

३१ असार २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको