असार ३१, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको हालसम्मकै उच्च भएको छ । आज सुन प्रतितोला ९२ हजार ८ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला सुन प्रतितोला ९२ हजार २ सयमा कोरोबार भएको थियो । बुधबार एकैदिन ६ सयले बढेर ९२ हजार ८ सय हो । यो मूल्य हालसम्मकै उच्च हो
त्यस्तै बुधवार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ९ सय ९५ रहेकोमा आज तोलामा १० रुपैयाँले बृद्धि भइ प्रतितोला चाँदी १ हजार ५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस