रोल्पा सिमेन्ट उध्योग बिरुद्द उत्रिए स्थानीय, दिए उध्योग बन्द गर्ने चेतावनी


असार ३१, रोल्पा । स्थानीय तथा सर्बसाधारणहरुले मंगलबार दिउँसो रोल्पाको सिमेन्ट उद्योग बिरुद्द प्रदर्शन गरेका छन् ।

सातदिने अल्टिमेटम दिंदै रोल्पाको त्रिवेणी गाउँपालिकामा एक सय बढी स्थानिय तथा सर्वसाधारणले उद्योग स्थल कोईलामा आएर पर्दशन गरेका थिए ।

आफ्नासिमेन्ट उध्योग अगाडी भएको प्रदर्शनमा ‘धुँवा धुलो नियन्त्रण गर, ढुँगाको बाह्य जिल्लामा हुँदै आएको ढुवानी बन्द गर, स्थानीयलाई रोजगारीबाट निकाल्न पाइदैन, ढुवानीमा हुँदै आएको सिन्डिकेट अन्त्यगर, सिमेन्ट उद्योग भित्र भएका ज्याजदी बन्द गर,मजदुर माथिको श्रमसोशन वन्द गर’ भन्ने जस्ता नारा लगाएका छन्  मागहरु पूरा नभए उद्योगमा तालाबन्दी गर्ने, टिप्पर सञ्चालनमा रोक लगाउने चेतावनी दिएका छन ।

संघर्ष समितिका संयोजक अर्जुनकुमार वलीको नेतृत्वमा संघर्षका कार्यक्रमहरु पटक÷पटक हुँदै आएको तर सम्बन्धित पक्षले कुनै सुनुवाइ नगरेको बताएका छन ।

सिमेन्ट उद्योगमा ढुवानीका लागि आउने टिप्परका कारण कपुरकोट हुँदै कोइलासम्मको सडक खण्डमा सवारी साधन सञ्चालन गर्न नसकिने अवस्था आएको हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको संयोजक वलीले बताए । उद्योग स्थापनाको समयमा उद्योगले सडक निर्माण गरिदिने, स्थानीयलाई रोजगारी दिने, घर घरमा पानीको धारा पु¥याईदिने, उद्योगको धुँवा धुलो नियन्त्रण गर्ने जस्ता सम्झौता गरेपनि कुनैपनि कार्यान्वय नभएको सर्वसाधारणको गुणासो रहेको छ ।

पछिल्लो समय उद्योगले ढुंगा उत्खनन् गरि अग्नी सिमेन्टलाई ढुंगा बेच्दै आएको छ भने दाङको अमेलियामा लगेर समेत ढुंगा स्टक गर्दैै आएको स्थानीयले बताएका छन् । त्यसरी ढुंगा ओसार्दा प्रयोग हुने टिप्पर सञ्चालन गर्दापनि सिन्डिकेट लादिएको स्थानीयले बताएका छन् । शक्ति र सत्ताको बलमा स्थानीय प्रेमप्रकाश पुनको कन्ट्रक्सन फारमवाट मात्रै उद्योगले ढुवानी गर्न पाउने तथा अन्यलाई त्यसमा प्रतिवन्ध लगाउँदै आएको सर्वसाधारणको गुनासो रहेको छ ।

३१ असार २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको