गृहमन्त्रालयले सवारी पाससम्बन्धी पुनः जारी गरेको नयाँ सूचनामा के छ ?


जेठ २, काठमाडौँ । गृहमन्त्रालयले जारी गरिएको पासबारे केही अस्पष्टता आएको भन्दै नयाँ सूचना जारी गरेको छ ।

लक-डाउनका समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट विगतमा जारी गरिएका सबै प्रकारका सवारी पासहरू रद्द गरिएको विषयमा विभिन्न निकायहरूबाट केही अस्पष्टता आएको भन्दै मन्त्रालयले थप स्पष्ट गर्न सूचना जारी गरेको हो ।

जेठ १ गतेदेखि विगतमा जारी गरिएको एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै सवारी पासहरू रद्द गरिएको र जिल्लाभित्र जारी गरिएका पासहरू ३ गतेदेखि रद्द गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यस्तै अति आवश्यक पर्नेहरूले पुनः सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त गर्न सक्ने सूचनामा बताइएको छ ।

सञ्चारकर्मीहरूको हकमा भने सूचना विभागको पासले आवतजावत गर्न सकिनेछ ।

 

२०७७ जेष्ठ २,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको