राष्ट्रियताकाे भाव समेटिएकाे नयाँ गीतमा खबपूले गरे अभिनय [भिडियो]


जेठ २, काठमाडौँ । पछिल्लोचरणमा भारतले नेपालको लिम्पियाधुरा, लिपू र कालापानीलाई आफ्नो नक्सामा गाभेर चीन जोड्ने बाटो बनाएपछि स्वाभिमानी चौतर्फी विरोधमा छन् ।

भारतले हेपाहा प्रवृति देखाएको भन्दै सारा नेपाली आक्रोशित भएका छन् । यै आक्रोश गीत–संगीतमा पनि पोखिएको छ । गायक डम्बर हिङमाङ्ग र हरी पुन मगरकोले राष्ट्रवादी गीत बजारमा ल्याएका छन् । गीतको शब्द हरी पुनको छ भने संगीत गायक हिङमाङ्गले भरेका छन् ।

गीतमा देवेश राईले संगीत संयोजन गरेका छन् भने गीतको भिडियो छायांकन र सम्पादन पिटर गुरुङले गरेका छन् । भिडियोमा चर्चित रोल्पाका कमेडियन खड्कबहादुर पुनमगर खबपू ‘चञ्चल’ को अभिनय गरेका छन् ।

चञ्चललाई डम्बर हिङमाङ्ग, पृथ्वी खनाल र हरी पुनमगरको अभिनयमा साथ दिएका छन् । उक्त गीत गायक हरि पुनमगरको अफिसियल युटूव च्यानलबाट बजारमा आएको छ ।

२ जेष्ठ २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको