रामप्रसाद ढुंगेल/मे १५, युएई- विश्व प्रसिद्ध व्यावसायिक संस्था डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुको राहतको लागि आफ्ना उत्पादनहरु राहत स्वरुप सहयोग गरेको छ । आफ्ना हर्बल सामग्रीहरु नेपाली कम्यूनिटी एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोण जंग श्रेष्ठले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वास्थ सामग्री, आवस्यक पौस्टिक तत्वयुक्त खाद्यसामग्रीको अभाव महसुस गरी खानाको साथै स्वस्थ्य भएर बस्नु पनि पर्ने भएकोले हेन्ड सेनिटाईजर, टुथ पेष्ट, साबुन र पिउनको लागि ग्लुकोज डि लगाएतका २ सय ८७ कार्टुन राहत सामग्री डावर ईन्टरनेशनलको तर्फवाट नेपाल एसोशिएशन (एनआरएनए, युएई) का उपाध्यक्ष पासाड शेर्पालाई समानुपातिक वितरणका लागि हस्तान्तरण गरिएको सहजकर्ता श्रेष्ठले बताए ।
डावर ईन्टरनेशनलले यूरोप, अमेरीका, अफ्रिका अनि मिडल ईष्टका मानिसलाई सुहाउने प्रकृतिक हर्बलमा आधारीत सामानहरु बनाउने डाबर ईन्डिया कै भगिनी कम्पनी हो । द्रोण जंग श्रेष्ठ न्यू प्रडक्ट डेभ्लोपमेन्ट अन्तर्गत क्रिएटिभ टिममा कार्यरत छन् । एनआरएनएले विगत ३२ दिन देखि दुखमा परेको नेपालीलाई राहात दिँदै आएको र यसमा डाबरले सहकार्य गर्न पाउदा गौरवको अनुभुति भएको सामाजिक अभियन्ता श्रेष्ठले प्रतिक्रिया दिएका छन् ।
दुबईमा कार्यरत सामाजिक अभियन्ता श्रेष्ठ गौरादह- ३ झापा निवासी हुन । ट्राभहिल डटकमका सन्चालक समेत रहेका श्रेष्ठले डाबर इन्टरनेशनलले उपलब्ध गराएको राहत सामग्रीको मुल्य ९ लाख ८७ हजार रुपैयाँ बरावरको रहेको बताएका छन् ।
एनआरएनए युएईले उक्त सामग्री युएईका सात वटै इमिरेट्समा रहेका आफ्नो क्षेत्रीय समन्वय परिषदमार्फत वितरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस